Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रामेछापमा यात्रुबाहक बस तामाकोशीमा खस्यो

काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ । 

दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू तत्काल उद्धार कार्यमा खटिएका छन् । दुर्घटना मन्थली नगरपालिका–६ क्षेत्रमा भएको बताइएको छ ।

प्रहरीले उद्धार कार्य भइरहेको बताएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।