Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

विद्यालयको जग्गाको माटो बेचेर अनियमिता गरेको आरोपमा मुद्धा दायर

नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा विद्यालयको नाममा रहेको एक विगहा १० कठ्ठा १० धुर जग्गाको कुनै पनि निर्णय नगरी ५ फिट गहिरो माटो निकाली १० लाख ८ हजार ७०३ बराबरको बेचबिखन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका-४ का दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।