Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

टीकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँ सहित भारत लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ बिएफ ७१६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।