आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतले दिएका गाडीहरू सिंहदरबारमा राखिएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौमा आगजनीमा परेको तत्कालिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय रहेको सिंहदरबार परिसरमा उक्त गाडीहरु पार्क गरी राखिएको हो ।
भारतले निर्वाचनका लागि ५३८ वटा गाडी दिने भएको छ । यसअघि ६१ वटा गाडी काठमाडौं ल्याइसकिएका छन् भने ती गाडीहरू बानेश्वरस्थित पुरानो संसद भवनमा राखिएका छन्।
तस्बिर : रत्न श्रेष्ठ