Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

अस्ट्रेलियामा कार अनियन्त्रित भएर घरभित्रै छिर्‍यो, एक नेपाली महिलाको मृत्यु

अस्ट्रेलियाको पर्थमा गाडी दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ। उक्त दुर्घटना शुक्रबार मध्यराति भएको हो । 

अस्ट्रेलियाबाट प्रकाशन हुने अनलाइन एबिसी न्युजका अनुसार गाडी अनियन्त्रित भएर घरभित्रै पस्दा एक नेपालीको मृत्यु भएको हो। दुर्घटना हुनेमा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङ हुन् । उनी तीन दिनअघि मात्रै अस्ट्रेलिया पुगेकी थिइन् 

त्यहाँको प्रहरीका अनुसार शुक्रबार राति करिब ११:४० बजे अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार घरमा ठोक्किएर घरभित्रै छिरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। विष्णुकुमारी उक्त घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन् ।

उनकि छोरीले सन्तान जन्माएपछि उनी अस्ट्रेलिया गएकी थिइन्।