सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई थुनामै राख्ने आदेश सदर गरेको हो। यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो। सो आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता र भ्रष्टाचार भएको आरोपमा अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा थुनामा पठाउने आदेश कायम रहँदा सर्वोच्चले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।