Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बैंकिङ कसुर मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ

बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।