राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज सिटौलाको निधन भएको घोषणा गरेको हो ।
अस्पतालका एक चिकित्सकका अनुसार, एक्कासि बेहोस भएका उनी लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
नुवाकोटका ४३ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्। उनको ब्रेन ह्यामेरेजका कारण निधन भएको हो ।