Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

बालेनले लिए ग्राण्डीमा उपचारत सहकर्मी सिटौलाको स्वास्थ्य अवस्था बारे जानकारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

अछाममा ढलेपछि हेलिकप्टरमार्फत काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचारत सिटौलालाई शनिबार बालेनले भेटेका छन् । बालेनले सिटौलाको स्वास्थ्य अवस्थाका कारण चुनावी प्रचारका कार्यक्रम छोट्याएर काठमाडौं फर्किएका छन् । 

 शनिबार दिउँसो बालेन ग्राण्डी अस्पताल पुगेर सिटौलाको परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सिटौलाको अवस्था बारे जानकारी लिन नपाएको भन्दै परिवारले बालेनसँग गुनासो गरेका थिए । बालेनले परिवारका सदस्यलाई धैर्य गर्न आग्रह गरेको बताइएको छ । अस्पतालले सिटौलालाई ‘हेमोरेजिक स्ट्रोक’ भएको पुष्टि गरेको र हाल आईसीयूमा उपचार भइरहेको छ ।

नुवाकोट स्थायी घर भएका ४४ वर्षीय दिनेश सिटौला पेशाले चलचित्र पत्रकार हुन् भने उनी चलचित्र पत्रकार संघका पूर्व अध्यक्षसमेत हुन् ।