Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्वाको मृत्यु

सर्लाहीको चन्द्रनगर गाउँपालिका – २ स्थित बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार बिहान करिब १० बजे बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बिआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय अन्दाजी ६५ वर्षीया शान्ती देवी ठाकुरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी शान्ती देवीको टाउको, निधार र ढाडमा चोट लागेको थियो। घाइते शान्ती देवीलाई उपचारका लागि तत्काल अमृत हेल्थ केयर, बयलबासमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि दिउँसो करिब १ बजे वीरगञ्ज पठाइएको थियो।

तर, हिजै दिउँसो करिब ४ बजे वीरगञ्जस्थित वीरगञ्ज न्यूरो अस्पतालमा उपचारका उनको मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका – ३ बर्कुरवा बस्ने अन्दाजी २० वर्षका विशाल महतोलाई नियन्त्रणमा लिई प्रहरी चौकी मोहनपुरमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।