नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन् । देउवाले सात पटक विजयी हुँदै आएको डडेलधुरा क्षेत्र छोडेपछि कांग्रेसले उक्त क्षेत्रमा नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताअघि देउवाको सचिवालयले चुनाव नलड्ने जानकारी दिएको हो । कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले देउवालाई संरक्षकको भूमिकामा रहँदै पार्टीलाई मार्गदर्शन गर्न आग्रह गर्दै आएको छ ।
२०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका देउवा सात पटक सांसद निर्वाचित भइसकेका छन् । देउवाको निर्णयसँगै डडेलधुरामा कांग्रेसले नयाँ नेतृत्वसहित निर्वाचनमा जाने तयारी गरेको छ ।