Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रवि लामिछानेसँगै संसद पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठक जारी रहेका बेला प्रधानमन्त्री शाह सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित संसदको बैठकमा पुगेका हुन् ।

गएको जेठ १७ गते संसद् बैठकमा अचानक सम्बोधन गरेपछि प्रधानमन्त्री बालेन पहिलो पटक संसद पुगेका हुन् ।