Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

प्रसाईंमाथि निर्वाचन बहिष्कारका कार्यक्रम घोषणा गर्नुदेखि लिएर , निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनु, सरकारी वेबसाइड ह्याक गरी डाटा चोरी गर्ने योजना बनाउनु र त्यसका लागि रकम लगानी गर्नु जस्ता आरोप छन्।

पक्राउ परेका प्रसाईं सोमबार पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन आएका थिए। प्रहरीले उनलाई अनुसन्धानको लागि नियन्त्रणमा राखेको छ।प्रहरीले उनलाई काठमाडौँ लैजाने बताएको छ ।