Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कांग्रेस विशेष महाधिवेशन:

गगन थापाले पेस गरेको प्रतिवेदनमा के छ? (पूर्णपाठसहित)

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाेस्राे विशेष महाधिवेशन कांग्रेस बदल्न र देश बदल्नका लागि गरिएकाे बताएका छन् । सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले यस्ताे बताएका हुन् ।

उक्त प्रस्तावमा यो विशेष महाधिवेशनले कांग्रेसलाई केवल राजनीतिक दलमा मात्र सीमित नराखी लोकतन्त्रप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको र अब प्रत्येक सदस्यबाट निष्ठा र उच्च नैतिक आदर्श खोजेको दाबी गरे । साथै उनले समुन्नत नेपाल निर्माणको अभियानमा नवीन ऊर्जा, उत्साह र एकतासहित अघि बढ्ने प्रस्तावमा उल्लेख गरेका छन्। उनले पार्टीलाई गतिशील बनाउँदै स्थापनाकालीन जनमुखी आदर्शमा प्रतिबद्ध रहने र रूपान्तरणसहितको समुन्नत नेपालको नेतृत्व गर्न कांग्रेस तयार हुनुपर्ने व्यक्त गरे ।

त्यस्तै पार्टी संगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनुपर्ने र आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नुपर्ने भन्दै पार्टीभित्र र बाहिर देखिएको उदासीनता हटाउनुपर्ने उक्त प्रस्तावमा पेस गरिएकाे छ  । उनले समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्दै अग्रजले जोगाएको निष्ठालाई कमजोर हुन नदिने दाबी गरे ।