Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने, यस्तो छ महामन्त्री शर्माको प्रस्ताव (पूर्णपाठ)

महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी आफ्नो प्रस्ताव पेस गरेका छन् । आज ‘बदलिएको देश र बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् । 

उक्त प्रतिवेदनमा सबैभन्दा पेचिलो र दूरगामी महत्त्वको प्रस्तावका रूपमा प्रधानमन्त्रीको कार्यकाल निर्धारणलाई अघि सारिएको छ । उनले भविष्यमा कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव पेस गरेका छन् । 

यधपी राजनीतिक स्थिरता र दलीय स्वाभिमानको रक्षाका लागि शर्माले निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् भने आफ्नो प्रतिवेदनमा विगतमा कांग्रेसबाट भएका १८ वटा प्रमुख गल्तीहरू स्वीकार गर्दै आत्मालोचना समेत महामन्त्रि शर्माले गरेका छन् । 

हेर्नुहोस् यो भिडियो पनि