Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

विशेष महाधिवेशन पक्षले पार्टी फुटाउने प्रयास गरे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट्न आएका नेता-कार्यकर्तासँग  छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

‘पार्टी फुटाउने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु र विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा म आवश्यक निर्णय लिनेछु, उनले भने ।

उनले यो विशेष महाधिवेशन वैधानिक नभएको समेत बताएका छन् ।