Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिबाट नाम दर्ता

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी  महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।

विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् । आज उद्घाटन भएको काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेदेखि शुरु हुने भएको छ ।