Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पृथ्वीनारायण शाहलाई सम्झँदा राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान देखिन्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका छन् ।

३०४औं पृथ्वी जयन्तिका अवसरमा शुभकामना दिदै राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहलाई सम्झँदा उनले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गरेको देखिने बताएका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन् । 

उनले भनेका छन्- 'राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।'