हाल काठमाडौं स्थित बनस्थलीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा देशका विभिन्न स्थानबाट पार्टी प्रवेश गर्ने जमातको लर्को नै लागेको देखिन्छ। सोही क्रममा सर्लाही जिल्लाबाट पनि विभिन्न स्थानबाट सामाजिक अभियन्ता, चिकित्सक, ईन्जिनियर लगायत जेनजि पुस्ताहरुको पनि रा.स्व.पा.मा प्रवेश गर्ने लर्को लागेका छन् ।
बिहिवार पार्टीको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा सर्लाहीमै अवस्थित हरिपुर्वा नगरपालिकाबाट क्षेत्र नं.२(क)बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार समेत रहेका डा.बिरेन्द्र प्रसाद अधिकारी लगायत डा.रबि साह,राजिव यादव र सोहि स्थानका अन्य युवाहरु विधिवत रुपले पार्टी प्रवेश गरेका छन्।
आउँदो फाल्गुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा सर्लाही क्षेत्र न.२ बाट उम्मेदवारको रुपमा डा. बिरेन्द्र अधिकारीको प्रवल सम्भावना रहेको स्रोतले जानकारी दिएका छन्।