विवेकशील नेपाली अभियानका पूर्वअध्यक्ष मिलन पाण्डेले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट चुनाव लड्ने भएका हुन् ।
पाण्डे यसअघि २०७४ र २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनी उज्ज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन् ।
पाण्डे शिक्षा, उद्यम, युवाको सशक्तीकरण र वैकल्पिक राजनीतिमा सक्रिय छन् । उनले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने विषय उठाउँदै आएका छन् ।
काठमाडौँ-९ मै जन्मेर हुर्केका पाण्डे शिक्षा नीति र उद्यम क्षेत्रसँग जोडिएर काम गर्दै आएका छन् । उनी पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्ने विषयमा छलफलमा छन् । पाण्डे निकट एक नेताका अनुसार यसबारे अन्तिम निर्णय भइसकेको छैन ।