फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक पनि जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले यस्ताे बताएका हुन् ।
उनले भने यसपटक पनि अन्तरजिल्ला मतदानको व्यवस्था भएन । ‘कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यस पटक पनि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न सकेनाैं ।
जेनजी आन्दोलनपछि बनेको सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेसँगै अन्तरक्षेत्र निर्वाचनको माग भएको थियो । अघिल्ला निर्वाचनका बेला पनि यस्ता माग उठ्ने गरेका थिए । तर, यसपटक आन्दोनकारी जेनजी समूहहरूले समेत सरकारमार्फत निर्वाचन आयोगलाई त्यस्तो व्यवस्थाको लागि दबाब बढाएका थिए । तर, यसपटक पनि निर्वाचन आयोगले अन्तर क्षेत्ररअन्तर जिल्ला निर्वाचनको व्यवस्था गर्न सकेन ।