नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले प्रतिनिधिका निम्ति काठमाडौंका होटेलमा १५ सय ‘रुम बुक’ गरेको छ । उक्त रुम विशेष महाधिवेशन प्रतिनिधिका निम्ति आवास तथा खानपान व्यवस्थापन समितिका लागि बुक गरिएकाे हाे।
संयोजक रमेश धमलाका अनुसार ठमेल, नक्साल, सुन्धारा र एयरपोर्टका होटेलहरू बुक गरिएको छ । यधपी आ–आफ्नो निर्वाचन क्षेत्रका तर्फबाट संयोजन गर्ने गरी होटेलका रुमहरूमा बस्ने व्यवस्थापन मिलाइएको छ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्व प्रकास शर्माले आउदाे पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गरिने भन्दै प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेका छन् ।