Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार, को-को परे ?

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल नहुने भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।

कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्नका लागि नेकपाले मतभार अनुसार कम्तीमा चार सिट दाबी गरेको थियो । तर ओली निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा एमाले र कांग्रेसले नेकपालाई एक÷दुई सिटमा टार्न खोजेपछि भागबण्डा नमिलेर नेकपा बाहिरेको थियाे ।

यधपी अहिले नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।

यी हुन् नेकपाका उम्मेदवारहरु–

बागमती

प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार

मधेश

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

काेशी

खेमराज सुन्दास,हेमराज घिमिरे
नमिता न्यौपाने