Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

टी-२० विश्वकप खेल्ने ओमानको टिम घोषणा

ओमानले आइसीसी टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । ओमानले जतिन्दर सिंहको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । 

विश्वकपमा समुह बी मा रहेको ओमानको समुहमा अस्ट्रेलिया, आयरल्याण्ड, श्रीलंका र जिम्बाबे रहेका छन् । ओमानले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ९ मा जिम्बाबेसँग खेलेर शुरु गर्ने छ ।

ओमानको विश्वकप टिममा जतिन्दर सिंह (कप्तान), विनायक शुक्ला, मोहम्मद नदीम, शकील अहमद, हम्माद मिर्जा, वासिम अली, करण सोनावले, शाह फैसल, नदीम खान, सुफयान महमूद, जय ओडेद्रा, शफिक जान, आशिष ओडेदारा, जितेन रामानन्दी र हसनैन अली शाह ।