जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई गम्भीर चेतावनी दिँदै राजीनामा नदिए दुई दिनभित्र भविष्य निर्धारण हुने बताएका छन् ।
उनले काम गर्न नसके पद छाड्ने बाचा यसअघि नै गरेको भए पनि अहिलेसम्म काम गर्न पनि नसकेको र कुर्सीमा टाँसिएर बसेको हुनाले चुनावमात्रै भनेर बस्ने अवस्था नभएको बताएका छन् ।
उनले यही अवस्थामा चुनाव हुन पनि नदिइने बताएका छन् । “०८४ को चुनाव ०८२ मा सार्नलाई गरिएका आन्दोलन होइन यो,” उनले भनेका छन्, “नेपाली जनता र जेनजीका मागहरु सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन ।”
यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस