Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन

कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्यहाँस्थित कÞतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन गरेका छन् ।

Photo (3) (2).jpg

सो अवसरमा राष्ट्रपति पौडेललाई संग्राहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराएका हुन् । 
राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका छन् ।  

Photo (4) (1).jpg

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पुगेका राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सम्बोधन समेत गरेका थिए । साथै उनले सम्मेलन अन्र्तगत त्यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गरेका थिए ।

Photo (1) (1).jpg

राष्ट्रपति पौडेलले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट पनि गरेका छन् ।   यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ ।