Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

झलनाथ खनाल पनि एकता राष्ट्रिय सम्मेलनमा सहभागी

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ९ बाम घटकको एकता घोषणा सभामा सहभागी भएका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा जारी नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा खनाल सहभागी भएका हुन् । यस अघि एकताप्रति असन्तुष्टि व्यक्त गर्दै आएका खनालले गएराती मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगै अलग्गै दल बनाउने बताएका खनाल अन्तत: एकता प्रक्रियामा सामेल भएका छन् ।