Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार)बाट पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक निरन्तरता दिने निर्णय गरेको हो।

बैठकमा संस्थापन पक्ष र इतर पक्ष दुवैले पार्टीको महाधिवेशन कार्यतालिकाबारे आफ्ना धारणा पेस गर्ने तयारी गरेका छन्। सोमबारको कार्यसम्पादन बैठकमा पनि यही विषयमा सहमति कायम भएको नेताहरूले जनाएका छन्।

कांग्रेस स्रोतका अनुसार, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तभित्र महाधिवेशन गर्ने अडान लिएका छन् भने संस्थापन पक्षले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

आजको बैठकमा दुवै पक्षले आ–आफ्ना प्रस्तावसहित कार्यतालिका र औचित्यमाथि धारणा राख्ने, त्यसपछि विस्तृत छलफल अघि बढाउने तयारी भएको बताइएको छ।