Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्कीसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो भेटमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डेलगायत सहभागी थिए ।