Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सरकार बनेपछिको कार्यप्रगतिको मन्त्री र सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरिरहेकी छन् । 

सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । 

प्रधानमन्त्री कार्कीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।