Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको कार्यभार

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई  कार्यभार दिएका छन् ।

आफु आजै कतारको चार दिने भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेकाले उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । 

राष्ट्रपति कार्यालयले भनेको छ:  सम्माननीय राष्‍ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्वत् २०८२ साल कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने दोस्रो विश्व समिट फर सोसियल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०८२ साल कात्तिक १७ गते (तदनुसार ०३ नोभेम्बर, २०२५) सोमबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्‍ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएको छ ।