Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले कुन जिम्मेवारी पाए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै बोधनारायण श्रेष्ठलाई केन्द्रीय संगठन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवको जिम्मेवारी दिइएको झाले बताए । त्यस्तै अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै रास्वपाले रामप्रसाद भट्टराईलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य, डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य, तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्य, पार्थीवेन्द्र उपाध्यायलाई केन्द्रीय शिक्षा विभाग सदस्य, ज्ञानु पौडेललाई केन्द्रीय महिला विभाग सदस्य, मनिराम घिमिरेलाई केन्द्रीय शिक्षा विभाग सदस्य, कल्पना पाण्डेलाई केन्द्रीय महिला विभाग सदस्य र प्रमिला कुमारी सिंहलाई नीति विचार विभाग, सदस्यको जिम्मेवारी दिएको प्रवक्ता झाले जानकारी दिएका छन् ।