Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

मिस पवि कर्णाली यशभिसको टिकटक फेसमा अनुबन्धित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको टिकटक फेसका लागि मिस पविलाई अनुबन्ध गरिएको हो ।

कर्णाली यशभिसले टिममा ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरिया अनुबन्ध गरिसकेको छ । उनीहरू केही दिनमै नेपाल आउँदैछन् ।  यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

 पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्ने लक्ष्य राखेको छ ।