Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

काठमाडौंको बुद्धनगरमा एक व्यक्तिको आत्मदाहको प्रयास

काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शनिबार विहान ६ बजेतिर भान्सा कोठामा आफ्नो शरीरमा आगो लगाएको पाइएको थियो । राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो भने शुक्रबार सर्लाहीमा विवेक मण्डलले आत्मदाहको प्रयास गरेपछि उनको उद्धार गरि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।