Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

गायिका एलिना चौहानको प्रश्न- 'डिभोर्स' पछि सिन्दूर लगाउनु मिल्दैन भन्ने कसको नियम हो?

चर्चित गायिका एलिना चौहानले  'डिभोर्स' पछि सिन्दूर लगाउनु मिल्दैन भन्ने कसको नियम हो भन्दै प्रश्न गरेकी छिन् । उनले सामाजिक संजालमा मार्फत  सम्बन्ध टुटेको हुन सक्छ, तर पहिचान, रुचि र संस्कार हराउँदैनन् भन्ने कुरा व्यक्त गरेकी हुन् ।

उनले लेखेकी छिन्-  'डिभोर्स' पछि सिन्दूर लगाउनु मिल्दैन भन्ने कसको नियम? सम्बन्ध टुटेको हुन सक्छ, तर पहिचान, रुचि र संस्कार हराउँदैनन्। कसैले डिभोर्स गरेपछि पनि सिन्दूर लगाउँछिन् भने, त्यो व्यक्तिगत रोजाइ हो — समाजको 'अनुमति' होइन। अरूको जीवनको निर्णयमा समाजको दखल बन्द गरौं।