Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

जनै हराएको मान्छेका अभिनेता भोलाराज सापकोटाले हलमा नै मनाए जन्मदिन

फिल्म जनै हराएको मान्छे सम्बन्धका धागाहरूका अभिनेता भोलाराज सापकोटाले आफ्नो जन्मदिन फिल्म हलमा नै केक काटेर मनाएका छन् । अभिनेता सापकोटासहित फिल्मको टिम नै शनिबार तीजको दिनमा विभिन्न हलहरुमा पुगेर दर्शकसँग प्रतिक्रिया लिने क्रममा नै उनले कीर्तिपुर सिने फ्लेक्समा केक काटेर जन्म दिन मनाएका हुन् ।

कीर्तिपुर, लबिम मल, फएक्यूब चाबहिल, लगायत काठमाडौँ उपत्यकाका अधिकांश हलहरुमा आज फिल्म जनै हराएको मान्छेको शो हाउसफुल रहेको छ। चलचित्र ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको छ ।