आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

जन्मदिनमा दीपाश्रीलाई दीपकराजले शुभकामना दिदैै भने- खुशी सापट दिएर पनि भुल्दिने साथी

जन्मदिनमा दीपाश्रीलाई दीपकराजले शुभकामना दिदैै भने- खुशी सापट दिएर पनि भुल्दिने साथी

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • जन्मदिनमा दीपाश्रीलाई दीपकराजले शुभकामना दिदैै भने- खुशी सापट दिएर पनि भुल्दिने साथी

    हाँस्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलालाई जन्म दिनको अवसरमा भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनले बताएका छन् ।

    आज (शनिबार) फेसबुकमार्फत दीपाश्रीको जन्मदिनका अवसरमा शुभकामना दिँदै गिरीले लेखेका छन्, ‘यस्ता अनेकौं प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बाबजुद निरन्तर आफ्नो कर्ममा लागेर प्रत्येक काममा अब्बलता प्रमाणित गर्ने तिमीलाई सर्वप्रथम सलाम छ ।’


    दीपाश्रीको प्रसंशा गर्दै कवितात्मक शैलीमा उनले लेखेका छन्, ‘तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधाभन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बाँच्छौ, पीडालाई पोल्टामा राखेर पनि हाँस्छौ, काँडाहरू आफू लिने अरूलाई फूल दिने, खुशी सापट दिएर पनि भुल्दिने मेरो साथी छिन् ।’

    समाज कति नै आधुनिकतामा अघि बढे पनि महिला र पुरुषबीचको मनोवैज्ञानिक भेदभाव अझै पनि रहिरहेको समेत गिरीले टिप्पणी गरेका छन् । महिलाको क्षमता र उपलब्धिलाई अझै पनि शंकाको दृष्टिले हेर्ने र व्यक्तिगत जीवनलाई बढी चर्चा गर्ने प्रवृत्तिप्रति उनले असन्तोष प्रकट गरेका छन् । गिरी र निरौला हाँस्यव्यंग्य क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै अघि बढिरहेका कलाकार हुन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार