आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन आग्रह

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन आग्रह

भाद्र ७, २०८२ शनिवार
भाद्र ७, २०८२ शनिवार
  • वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन आग्रह

    वीरगञ्जमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज-१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए । एकैपटक धेरैको संख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरमा खबर गरिएको थियो ।

    नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको छ । वीरगञ्ज महानगरको स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएको र तीमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

    सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला छन् । मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डुको टेकु प्रयोगशालामा पठाइएको छ । महानगरका अनुसार हैजा थप फैलन नदिन टोलबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले १० वर्षपछि वीरगञ्जमा हैजा देखिएको बताए । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार