आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ : विजय बरालको दिदीको भूमिकामा केकी

‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ : विजय बरालको दिदीको भूमिकामा केकी

भाद्र ४, २०८२ बुधवार
भाद्र ४, २०८२ बुधवार
  • ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ : विजय बरालको दिदीको भूमिकामा केकी

    ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्थता बढेको छ । एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रममा अब यही ६ गते उनको चलचित्र चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ रिलिज हुँदै छ ।

    यसमा उनी चलचित्रको मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन् । भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदी हुन् ।

    आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउने पात्र हुन्, उनी । जब भाइले उनी घरेलु हिम्सा सहेर बसिरहेको थाहा पाउँछ, त्यसको प्रतिकार गर्न खोज्दा उनी भाइलाई कराउँछिन्, त्यो आफू अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने चाहनाले हो ।

    चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागोहरू’को ट्रेलरमा पनि उनी भाइका लागि आफ्ना सपनाहरू बिर्सिने पात्रका रूपमा देखिएकी छिन् ।

    यसका पछाडि पहिलो उनको दयालु स्वभाव हो, अर्को परिबन्धको दुष्चक्रमा फस्दाको परिणाम हो । किनकी यथार्थमा उनी सपना खोज्नका लागि गाउँ छोडेर काठमाडौं आएको पात्र हो ।

    केकीले आफू चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागोहरू’मा सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँले युवतीको भूमिकामा रहेको बताएकी छिन् ।

    “तर, समय र पस्थितिले उसलाई यस्तो मोडमा लिएर जान्छ, जहाँ मलाई मेरो सपना नै याद छैन । त्यस्ता धेरै महिला आज काठमाडौंमा हुनुहुन्छ,” केकी भन्छिन्, “त्यस्ता महिलामध्ये एक महिलाको पात्र मैले यो चलचित्रमा निभाएकी छु ।”

    भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी र विजयसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

    पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

    थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

    चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

    गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार