आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ गते २०८२

२०८२, भाद्र ८ गते

24th Aug 2025

    आइतवार, भाद्र ८ २०८२
images
Logo
images

अभिनयमा ‘डेब्यु’ गर्दै साइग्रेस

अभिनयमा ‘डेब्यु’ गर्दै साइग्रेस

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • अभिनयमा ‘डेब्यु’ गर्दै साइग्रेस

    नेपाली चलचित्रमा पनि एक पछि अर्को नयाँ कलाकार थपिने क्रम बाक्लिएको छ । पछिल्लो समय सामाजिक सञ्जालबाट चर्चामा आएकाहरु समेत अभिनयमा लागिरहेका छन् । यसैबीच सामाजिक सञ्जालमा मिठो कथा वाचनबाट चिनिएका साइग्रेस पोखरेल पनि चलचित्रमा ‘डेब्यू’ गर्दैछन् । उनले चलचित्र ‘आ बाट आमा’ बाट अभिनय यात्रा सुरु गर्दैछन् ।

    आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा उनी कलाकारको रूपमा अनुबन्धित भइसकेका छन् । निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको जनाएको छ ।

    चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथा रहेको फिल्म भदौ १२ गतेबाट छायाङ्कनमा निस्किँदै छ । त्यस कारण निर्माण पक्षले फिल्मको लागि कलाकार तथा प्राविधिक पक्षलाई धमाधम फिल्ममा अनुबन्ध गरेको हो ।

    साइग्रेसलाई अनुबन्ध गर्नु केही दिनअघि यस फिल्मका लागि मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई अनुबन्ध गरिएको थियो । अब यस फिल्ममा साइग्रेस, उषाका अलवा पल शाह, विपना थापा, दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ ।

    कृष्णप्रसाद सुवेदीले निर्माण गर्न लागेको यस फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन् । यसको कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा क्षितिज ढुङ्गाना रहेका छन्। फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार