Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको राजीनामा

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् । कोइरालाले सामाजिक सञ्जालमा आफ्नो राजीनामाको इमेल सार्बजनिक गरेका छन् । उनी हाल अमेरिकामा रहेको बताइएको छ ।

कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै राजीनामा दिएको बताएका छन् ।  डा. कोइरालाले गंगालाल अस्पतालमा २५ वर्ष बिताएको उल्लेख गर्दै शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका  रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत रहेको उल्लेख गरेका छन् । साथै उनले सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने पनि बताएका छन् ।

कांग्रेस निकट कोइराला यस अघि गगन थापा स्वाथ्यमन्त्री हुदा उनको सल्लाहकार टिममा बसेर समेत काम गरेका थिए ।