Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

दयाहाङ र मिरुनाको फिल्म जारी-२ को टिजर सार्वजनिक

दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म जारी-२ को टिजर सार्वजनिक गरिएको छ । 

आगामी असोज ३ गते प्रदर्शनमा आउने जारी-२ को टिजर सोमबार बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखु लगायतको पनि अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । 

निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।