शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फिल्म ‘वरिष्ठ बलराम' को रिलिज मिति परिवर्तन

फिल्म ‘वरिष्ठ बलराम' को रिलिज मिति परिवर्तन

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • फिल्म ‘वरिष्ठ बलराम' को रिलिज मिति परिवर्तन

    सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘वरिष्ठ बलराम’ भाइटीकामा रिलिज हुने भएको छ । यो फिल्मलाई कार्तिक ६ गते भाइटीकामा रिलिज गरिने भएको हो । यसअघि ‘टाइटल टिजर’ भिडियो सार्वजनिक गर्दै निर्माताले यो सिनेमा कात्तिक ३ गते लक्ष्मी पूजाका दिन रिलिज हुने बताएका थिए ।

    फिल्म ‘वरिष्ठ बलराम' मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । यो फिल्म सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।

    निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।

    मनकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, प्रशान्त शिवाकोटीको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।यो चलचित्रलाई काठमाडौँ उपत्यकामा डीसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार