Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

बलिवुड फिल्म शोलेको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने

बलिवुडको ब्लकबस्टर फिल्म शोले निर्माण ५० बर्ष भएको अवसरमा आगामी सेप्टेम्बरमा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने भएको छ ।

टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवले फिल्म सेप्टेम्बर ६, २०२५ मा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने जानकारी दिएको छ । टोरन्टोको रोय थमसन हलमा १८०० सिट क्षमताको साथ प्रदर्शन भव्य हुने भएको छ । सिप्पी फिल्म्ससँगको सहकार्यमा, फाउन्डेसनले फिल्मलाई फोर केमा पुनर्स्थापित गरेको छ ताकि नयाँ पुस्ताले यसलाई हेर्न सकून् ।

फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, संजीव कुमार, अमजद खान, जया बच्चन र हेमा मालिनीलगायतको अभिनय रहेको छ । १९७५ मा रिलिज हुँदा यसले बक्स अफिसको रेकर्ड तोडेको थियो र सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । यो अझै पनि विश्वभर २५ करोडभन्दा बढी दर्शकहरू भएको सबैभन्दा धेरै हेरिएको भारतीय फिल्म हो ।

अमिताभ बच्चन, जया बच्चन, धर्मेन्द्र, संजीव कुमार, अमजद खान र हेमा मालिनी जस्ता स्टार अभिनित शोले एक एक्सन-एडभेन्चर फिल्म हो । फिल्म रमेश सिप्पीले निर्देशन गरेका थिए । उनका बुबा जीपी सिप्पीले निर्माण गरेका थिए र सलीम-जावेदले लेखेका थिए ।