शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

युनिभर्सल सर्टिफिकेट पाउँदै फिल्म ‘ताराहरू’ सेन्सरबाट पास

युनिभर्सल सर्टिफिकेट पाउँदै फिल्म ‘ताराहरू’ सेन्सरबाट पास

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • युनिभर्सल सर्टिफिकेट पाउँदै फिल्म ‘ताराहरू’ सेन्सरबाट पास

    वेब प्रालिको प्रस्तुति रहेको फिल्म ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । फिल्म आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । फिल्म २ घण्टा २९ मिनेट लामो रहेको छ ।

    आशान्त शर्मा र मेनुका प्रधानसँगै कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।

    गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनीले निर्माण गरेको फिल्मको निर्देशन अभिनेता शर्माले गरेका हुन् । फिल्मको पोस्टर डिजाइन रसिक राजले गरेका हुन् ।

    निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । डार्क कमेडी शैलीमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको फिल्ममा मूल कथा श्रीमान श्रीमतीको भए पनि यसमा किशोर किशोरीहरू समेत भएकले यो सबै उमेर र वर्गका लागि स्वादिलो र हेर्न पर्ने प्रेरणादायी चलचित्र बनेको दाबी निर्माण पक्षको छ ।

    मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणका कारण गलत निर्णय लिन पुग्ने अवस्थामा पुग्छ भन्ने कथा फिल्ममा भनिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार