शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शेयर कारोबारी अग्रवाल हाजिरी जमानीमा छुटे

शेयर कारोबारी अग्रवाल हाजिरी जमानीमा छुटे

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • शेयर कारोबारी अग्रवाल हाजिरी जमानीमा छुटे

    शेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका अग्रवाललाई काठमाडौ जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको हो ।

    अग्रवालमाथि ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो ।

    प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जमानीमा रिहा गरेको हो । अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    अग्रवालले शेयर कारोबारमार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।

    सोही अनुसार प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

    धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार