Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शेयर कारोबारी अग्रवाल हाजिरी जमानीमा छुटे

शेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका अग्रवाललाई काठमाडौ जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको हो ।

अग्रवालमाथि ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जमानीमा रिहा गरेको हो । अनुसन्धान जारी भएको र आवश्यक परेको खण्डमा तुरुन्त उपस्थिति हुनु पर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

अग्रवालले शेयर कारोबारमार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो ।

सोही अनुसार प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ पर्नुमा पनि सेयरसम्बन्धी कारोबार हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको थिए ।