शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रसुवागढी नाका दशैंअघि नै सञ्चालन हुने

रसुवागढी नाका दशैंअघि नै सञ्चालन हुने

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • रसुवागढी नाका दशैंअघि नै सञ्चालन हुने

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दशैंअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।

    त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना’ को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।

    ‘गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ’, मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार