शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बलिउडमा २०२५ मा फ्लप भए यी ठुला बजेटका फिल्म

बलिउडमा २०२५ मा फ्लप भए यी ठुला बजेटका फिल्म

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • बलिउडमा २०२५ मा फ्लप भए यी ठुला बजेटका फिल्म

    २०२५ सालमा बलिउडको आशा केही विशेष फिल्महरूसँग जोडिएको थियो । ठूला स्टारहरूले सजिएका फिल्महरू, जबरदस्त प्रमोशन र ठूलो बजेटका  यी फिल्महरूमा सबै थोक थियो, तर उनीहरूले दर्शकको माया पाउन सकेनन् । एकातिर, अहान पाण्डे र अनित पड्डा अभिनित फिल्म 'सैयारा' ले अहिलेसम्म बक्स अफिसमा झण्डा गाडिरहेको छ भने, यस वर्ष धेरै यस्ता फिल्महरू रिलिज भए जुन बक्स अफिसमा असफल मात्र भएन, तर निर्माताहरूका लागि ठूलो घाटाको सौदा पनि बन्यो । जानौं २०२५ मा कुन ठूला फिल्महरूले फ्लपको उपाधि पाए।

    इमर्जेन्सी

    कंगना रनौतको 'इमर्जेन्सी' बाट धेरै अपेक्षाहरू थिए । यो फिल्म पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनमा आधारित थियो र निर्देशनदेखि अभिनयसम्म सबै कुराको जिम्मा कंगना आफैंले लिएकी थिइन् । फिल्मले औसत समीक्षा पाए पनि दर्शकहरू थिएटरतिर लागेनन् । लगभग ६० करोड भारुको बजेटमा बनेको यो फिल्मले विश्वभर केवल २१.७५ करोड भारु मात्र कमाउन सक्यो ।

    देवा

    शाहिद कपूरको 'देवा' एउटा प्रहरी अफिसरको भूमिकामा केन्द्रित फिल्म थियो, जसमा उनको चरित्रले आफ्नो सम्झना गुमाउँछ र सत्यको खोजीमा भटकन्छ । आइएमडीबीमा फिल्मले ७ को रेटिङ पायो, तर बक्स अफिसमा यसको प्रदर्शन कमजोर थियो । ५० करोडको बजेटबाट फिल्मले केवल ३२ करोड र विश्वव्यापी रूपमा ५१ करोड मात्र कमायो ।

    सिकन्दर

    'सिकन्दर' २०२५ को सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक थियो । सलमान खानको नाम, हाई-अक्टेन एक्सन, विशाल बजेट र ठूलो प्रचार, यस फिल्मा सबै थियो । तर फिल्मको स्क्रिप्ट र निर्देशन दर्शकहरूलाई मन परेन । २५० करोडको लागतमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा १७६ करोड कमाईमा सीमित रह्यो । सलमानले यस फिल्मको लागि आलोचना पनि सामना गर्नुपर्‍यो ।

    ग्राउन्ड जिरो

    बीएसएफ अफिसर नरेन्द्र नाथ धर दुबेको सत्य कथामा आधारित, 'ग्राउन्ड जिरो' ले समीक्षकहरूबाट प्रशंसा पायो । इमरान हाशमीको अभिनय पनि प्रशंसनीय थियो । तर राम्रो रेटिङको बावजुद, दर्शकहरूको अभावले फिल्मको कमाईलाई असर गर्यो । यो फिल्म ५० करोडमा बनेको थियो र विश्वव्यापी रूपमा केवल १०.३५ करोड कमाउन सकेको थियो।

    फतेह

    सोनु सूदले 'फतेह' बाट निर्देशनमा डेब्यू गरे र फिल्ममा मुख्य भूमिका पनि निभाएका थिए । एक्सन र थ्रिलले भरिएको यो फिल्मले आइएमडीबीमा ७.१ रेटिङ पायो, तर दर्शकहरूले टिकट किन्नबाट टाढै रहे । ४० करोडको बजेटमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा केवल १८.५ करोड मात्र कमाएर फ्लपको सूचीमा आफुलाई राख्यो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट