Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सभापति देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

सभापति देउवाले शुक्रबार विहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा सरकारमा सामेल रहेका मन्त्रीहरुपनि सहभागी हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका कामको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।