Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

काँग्रेसको देउवा समूहले बीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्ने, प्रकाशमानलाई बनायो संयोजक

नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्ने भएको छ ।

देउवा समुहले साउन ६ गते बीपी स्मृति दिवस मनाउन नेता प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको छ । समूहले आइतबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न सिंहको संयोजकत्वमा समिति बनाइएको जानकारी दिएको हो । 

कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देउवा समूहले साउन ६ गते काठमाडौँको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित आयोजक समितिले बीपी स्मृति दिवस भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिसकेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

काँग्रेसको संस्थापन पक्षले भने साउन ६ गते जलवायु जनचेतना जागौं 'ग्रीन रन' लगायतका कार्यक्रम गर्दैछ ।